विवादित बन्यो सराङकोट एफएमको मिडिया कप, माग्यो माफी
पाेखरा | पुस २७, २०७९
पोखराः रेडियो सराङकोटले आयोजना गरेको मिडिया कप फुटसल प्रतियोगिता विवादित बनेको छ । फेवा टेलिभिजनले प्लेईङ लिस्टमा भएका भन्दा बाहिरको खेलाडी खेलाएपछि प्रतियोगिता विवादमा परेको थियो । फेवा टिभीले प्लेईङ लिस्टमा भएका खेलाडीको घरयासी समस्या देखाउँदै आयोजकलाई थाहा नदिई मयुर टाईम्सविरुद्ध खेलाएको थियो ।
खेलपछि मयुरले प्रोटेस्ट हालेपछि आयोजकले फेवालाई अयोग्य ठहर्यायो । भने, मयुर सेमिफाइनल पुग्यो । पछि मयुरका खेलाडीको दुई टिममा नाम रहेको भन्दै विरोध गरेपछि रेफ्रीले मयुरलाई पनि अयोग्य घोषणा गर्यो । तर, यसमा आयोजक सराङकोटको गल्ती भएको मयुर टाइम्सले जनाएको छ ।
मयुरका कप्तान प्रविन मगरले आयोजकलाई जानकारी गराउँदा गराउँदै पनि दुवै तर्फ नाम भएको खेलाडीको विषयमा समस्या समाधान गरिसकेपछि दुवै टिममा नाम राखेर गल्ती गरेका बताए । ‘हाम्रो एउटा खेलाडीको दुई टिममा नाम भएपछि खेल हुनु अघिल्लो दिनमा नै हामीले रेडियो कार्यालयमा गएर सहमती गरेका हौं,’ उनले भने, ‘तर खेल्ने समयसम्म पनि उक्त खेलाडीले मयुर टाईम्सबाट खेल्ने भनेर सहमती गरेपछि अर्को टिमको लिस्टबाट नहटाएर ठूलो गल्ती गर्यो ।’
यता, रेडियो सराङकोटले प्रेस विज्ञप्ती जारी गरी क्षमा याचना गरेको छ । ‘दुवै टिम अयोग्य ठहर गर्दै दुवै खेल अवैध गरिएको जानकारी सहित यस कार्यमा सम्बन्धीत मिडियाको केही कमजोरी र आयोजकबाट केही व्यवस्थापनमा कमी कमजोरी भए सो मा क्षमा चाहान्छौं,’ विज्ञप्तीमा भनिएको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

